कैलालीको फूलबारीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा तोडफोड भएको छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जिवनाथ पौडेल सवार सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडिमा बुधवार तोडफोड भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका १९ बसन्ताको वनबाट अवलोकन गरि फर्किने क्रममा गाडिमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रहरी निरीक्षक सन्तोस बस्यालले जानकारी दिए । तोडफोडबाट गाडीको सिसामा क्षति भएको प्रहरीले बताएको छ ।
तोडफर्डमा सङ्लङ्न रहेको भन्दै प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भईरहेको प्रहरी निरिक्षक बस्यालले जानकारी दिए । नियन्त्रण्मा लिएका पाँचै जनाले आफु सङलङ्न नरहेको बयान दिरहेको प्रहरी कार्यालय कैलाली स्रोतले जनाएको छ ।