गौरीगंगा नगर पालिकामा कान तथा दातको निशुल्क जाँच शिविर सम्पन्न

धनगढी टुडे समाचार डेस्क

कैलालीको गौरीगंगा नगरपालिकामा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आज गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहकार्य तथा ९ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दातको निशुल्क जाँच शिविर विहिवार मसुरिया स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

advertisement

सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया र मुस्कान डेन्टल होमको प्राविधिक सहयोगमा कानको १०३ तथा दातको १२० जना गरि निशुल्क जाँच शिविरमा २२३ जनाले उपचार पाए ।

शिविरको प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका उप प्रमुख भोज बहादुर बमले उद्घाटन गरेका थिए । बमले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै महिलाहरुको ठूलो समस्याको रुपमा रहेको पाठेघर जाँचको लागि पहल गरि आगामी दिनमा निशुल्क जाँच शिविर संचालन गर्ने बताए ।

विशिस्ट अतिथि रहेका गौरीगंगा नगरपालिका वडा न ९ का अध्यक्ष राज कुमार थारुले निशुल्क कान तथा दात जाँच शिविरबाट बिरामीहरूले राम्रो सेवा पाएको बताए ।

advertisement

सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया र मुस्कान डेन्टल होमको प्राविधिक सहयोगमा कानको १०३ तथा दातको १२० जना गरि निशुल्क जाँच शिविरमा २२३ जनाले उपचार पाए ।

शिबिरमा दातको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने मुस्कान डेन्टल होमका डाक्टर रोशन भट्टले बताए ।

गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाका संयोजक हेमन्त राज जोशी (बाजे)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्वती बुढाऐरले आफ्नो बिचार राखेकी थिइन् ।