सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएको छ ।
धनगढीस्थित प्रदेशसभा सचिवालयमा बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्य सबै ५२ जनाले मतदान गरेका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ जनामध्ये १७३ जनाले मतदान गरेका छन् ।
।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाका उपमेयर राजु तिरूवाले मतदान नगरेका हुन् । मेयर गोपाल हमाल स्वतन्त्र उम्मेदवारका रुपमा मेयर निर्वाचित भएका हुन् भने राजु तिरूवा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन । उनी बिरामी भएका कारण मतदानमा सहभागी नभएको उनको पार्टीले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले ४ बजेदेखि मतगणना सुरु गरिने बताए ।