यू-१९ विश्वकप क्रीकेट : अफगानिस्तानले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य

धनगढी टुडे समाचार डेस्क

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानए ४०.१ ओभरमा अलआउट हुँदै १४५ रन बनाएको हो ।

अफगानिस्तानलाई सस्तैमा रोक्न नेपालका आकाश चन्दले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए। दीपेश कँडेलले २, गुल्सन झा, तिलक भण्डारी र दीपेश भण्डारीले १/१ विकेट लिए । ३४ रन बनाउँदा ५ विकेट गुमाइसकेको अफगानिस्तानले त्यसपछि सम्हालिएको प्रदर्शन गरेको थियो ।

advertisement

कप्तान नसिर खान र फरिदून दाउद्जाइले उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानको पारी सम्हालेका थिए। खानले ३१ रन बनाउँदा दाउद्जाइले २९ रनको योगदान गरे।

मोहम्मद घजानफारले सर्वाधिक ३७ रन बनाए। हसन इसाखिलले २० रन जोड्दा ४ खेलाडी शून्यमा आउट भए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

advertisement

समूह चरणको अन्तिम खेल खेलिरहेका दुबै टिम सुपर सिक्समा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् ।