नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले विधान हेरफेर गर्न आजबाट राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ ।
सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले बिहान ११:३० बजे प्रज्ञा भवन कमलादीमा गर्नेछन् । काठमाडौँमा २ दिनसम्म चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने छ । साथै पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।