कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा आज मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा उनले “खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै फाप्ला स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दैछौँ,त्यसका लागि पूर्वाधार निर्माणमा सरकार लागि परेको बताएका हुन् ।