कंचनपुरको पुनर्वासमा करेन्ट लागेर एक युवकको मृत्यु

धनगढी टुडे समाचार डेस्क

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका-३ आईबीआरडीमा विद्युतको पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।

advertisement

बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा पुनर्वास नगरपालिका-१ पुरैनाका राधेश्याम राना रहेका छन् ।

advertisement

घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको विद्युत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए ।

पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विद्युत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तर वृद्धिको काम गर्दैछ ।