क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । शनिबार कीर्तिपुर मैदानमा लगातार दोस्रो खेलमा जित निकाल्दै नेपालले क्यानडाविरुद्धको सिरिज हात पारेको हो ।
तीन म्याचको एकदिवसीय सिरिज नेपालले एक खेल अगावै जितेको हो । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।