तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमवार नेपालले क्यानडालाई ९ विकेटले हराएको छ ।
जितसँगै नेपालले तीन खेलको श्रृङ्खला ‘क्लिन स्वीप’ गरेको हो। पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले उक्त लक्ष्य ३३ बल अगावै मात्र १ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि अनिल साह र भीम सार्कीले शतकीय पारी खेले। साहले नटआउट ११२ तथा भीम सार्कीले नटआउट १०२ रन बनाए। नेपालले एकमात्र विकेटको रुपमा १६ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो। यसअघि नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो।