कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

धनगढी टुडे समाचार डेस्क

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

advertisement

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको र अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।

advertisement

काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।

मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको सनाखत भएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।