कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरवस्तीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ धनगढी सिटी, लायन्स क्लब अफ धनगढी एभरेष्ट र लायन्स क्लब अफ धनगढी भिजनको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर भएको हो ।
यस्तै स्वास्थ्य शिविरमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नंम्बर-११ को आयोजनमा बृहत आँखा चेकजाँच शिविर समेत भएको थियो । शिविरमा स्वास्थ्य परिक्षणका लागि नवजीवन अस्पताल र गेटा आँखा अस्पतालले समन्वय गरेको थियो । स्वास्थ्य शिविरमा स्त्रि तथा प्रशुती रोग बिशषज्ञ सेवा, हाडजोर्नी बिशषज्ञ, बालरोग बिशषज्ञ, जनरल फिजीसियन सेवा लगायत आँखा चेकजाँच समेत भएको पुनर्वास नगरपालिका-११ का अध्यक्ष तुलसी अर्यालले बताउनुभयो । उहाँले शिविर बाट ७ सय ३ जनाले स्वास्थ्यलाभ लिएको जानकारी दिनुभयो ।
लायन्स क्लब अफ धनगढी सिटीका अध्यक्ष टि.एन.ढकालले लायन्स क्लबको बार्षिक कार्ययोजना अनुरुप पुनर्वास-११ मा स्वास्थ्य शिविर गरीएको बताउनुभयो । स्वास्थ्य शिविरले स्थानीय गरीव समुदायका ब्यक्तिहरुमा उपचारको ब्यवस्था गरेको बताउनु भयो । जटिल किसीमको विमार पहिचान गरी धेरै मात्रामा हुनसक्ने नोक्सानीबाट बचाउन स्वास्थ्य शिविरले महत्वपुर्ण भुमीका खेल्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य शिबिरमा सबैभन्दा धेरै ३ सय ४३ जनाले आँखा चेकजाँच गरेका छन् । यस्तै ३ सय जनाले हाडजोर्नीको समस्या, ३६ जनाले बालबालीकाको समस्या र बाँकीले स्त्री तथा प्रशुती र सामान्य चेकजाँच सेवा लिएको आयोजकले जनाएको छ ।