पुनर्वासका अधिकारी बने जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता

धनगढी टुडे समाचार डेस्क

कंचनपुरको पुनर्वास नगरपालिका-६ स्थायी बसोबास रहेका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

advertisement

काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले सोमबार अधिकारीलाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

advertisement

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न अधिकारीलाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।