धनगढी उपमहानगरपालिका-१८ मा फाल्गुन १३ गते देखि दादुरा रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार धनगढी उपनगरपालिका-१८ मा पनि यो अभियान सञ्चालन हुने भएको हो ।
धनगढी उपमहानगरपालिका-१८ मा रहेकाे आधारभूत स्वास्थ्य केन्द्र, डिपाेबजारका संस्था प्रमुख/ईन्चार्ज प्रमुख जानुका कार्कीका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत २४ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिका र त्यस बाहेक ५१ जिल्लामा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्ध खोप लगाइने बताउनुभयो ।
नेपाल सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । यस अभियानलाई सार्थक र सफल बनाउन कार्यक्रममा सहभागी सम्पुर्णलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत संस्था प्रमुख/इन्चार्ज कार्कीले आग्रह गर्नुभयो ।