धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान

धनगढी टुडे समाचार डेस्क

मोहना अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको छ । २६५ पोल र १४० वटा ट्रीगार्डमा स्ट्रीप लाइट जडान गरिएको हो ।

advertisement

रु. ३१ लाख बराबरको लगानीमा स्ट्रीप लाइट जडान गरिएको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताएकी छिन । यस्तै नगरपालिकाले विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ । उपमहानगरपालिकाकोरु. १० लाखको लागतमा सडक बत्ती जडान गरिएको हो ।

advertisement

आइतबार साँझ स्ट्रीप लाइटको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीलाई नमुना सहर बनाउन तीनै तहको सरकारले मिलेर गर्नुपर्ने बताए । धनगढीलाई सुन्दर सहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम पनि भइरहेको बताए । उनले ६ लेन सडकमा जडान गरिएको स्ट्रीप लाइटले रात्रिकालिन सौन्दर्यलाई बढाउने बताए।

स्ट्रीप लाइट उद्घाटन कार्यक्रममा नगर प्रमुख, वडा अध्यक्ष र सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

यस्तै करिब रु. ३ लाख लागतमा भन्सारमा गेटमा फ्लोड लाइट पनि जडान गरिएको छ ।