धनगढी विमानस्थलमा जहाज ल्याण्ड गर्ने समयमा चक्का फुस्कियो

धनगढी टुडे समाचार डेस्क


धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने समयमा चक्का फुस्किएको छ।

advertisement

सोमबार काठमाण्डौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एएनएच २२७ नम्बरको जहाजको एउटा चक्का फुस्कीएको हो। जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

advertisement

जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ। जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए । जहाजमा समस्या देखा परेपछि अहिले जहाज ग्राउन्डेड रहेको र प्राविधिकले जाँच गरेपछि मात्र उड्न अनुमति दिइने कार्यालय प्रमुख सिंहले बताए ।