काठमाडौँ, १६ चैत्र । लोकेश बमको शतका बाबजुद नेपाल ‘ए’ तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको हो।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमात्रै बनाउन सक्यो।
नेपालका लागि लोकेशले सर्वाधिक १०६ रनको इनिङ्स खेले। ५६ बल खेलेका उनले ९ चौका र ८ छक्का प्रहार गरे। आरिफ शेख ४९ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले १६ रनको योगदान दिए। नेपालका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन।
जितसँगै आयरल्यान्डले शृंखलामा १–० को अग्रता बनाएको छ।