राजस्थान रोयल्सद्वारा पन्जाब किंग्स ३ विकेटले पराजित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ । गए राती भएको खेलमा पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

advertisement

राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७ रनको योगदान गरे ।

पन्जाबका कागिसो राबडा र साम कुरानले २/२ तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान १/१ विकेट लिए ।

advertisement

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । जसमा अशुतोष शर्माले ३१, जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले १५/१५ बनाए ।

राजस्थानका अभेस खान, केशव महाराजले २/२ तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले १/१ विकेट लिएका थिए ।

राजस्थान ६ खेलमा ५ खेल जित्दै १० अंकसहित शीर्षस्थानमा छ भने समान खेलबाट ४ अंकमात्रै जोडेको पन्जाब ८औं स्थानमा छ ।