पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, ३ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

advertisement

मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरि निगम पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

advertisement

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ ।

यो हेर्नुहोस