धनगढी, ९ बैशाख । कञ्चनपुरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिदा चालक लालझाडी गाउँपालिका–६ चान्देउका ३५ वर्षीय सुरेश चौधरीको शनिबार राति ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । उनको ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।