काठमाडौं, १७ बैशाख । इलाम-२ मा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् ।
मंगलबार बिहान सकिएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन् ।
नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए । यस्तै, स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे ।
रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए। इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
२०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी दुबै क्षेत्रहरूमा पुनः निर्वाचन भएको हो ।