धनगढी, २९ बैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरेश सापकोटा चयन भएका छन् । शनिवार धनगढीमा भएको प्रदेश स्तरीय भेलाले सापकोटालाई अध्यक्षमा चयन गरेको हो ।
“सामाजिक पहिचान सहितको व्यावसायिक सुरक्षा” भन्ने मुल नाराका साथ धनगढीमा सम्पन्न भेलामा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई प्रमुख अतिथि रहेका थिए । तदर्थ समितिका अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाले १४ सदस्यीय प्रदेश समिति गठन समेत गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा गङ्गाप्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा सुरेश पाठक, महासचिवमा सुरेश बम, सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा हिमाल लम्साल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः धर्मराज जोशी, गणेश बोगटी, ठानसिंह महत, उमेश चौधरी, चन्द्रसिंह धामी, सन्तोष बोहरा, नवीन भट्ट, उमेश वन, दिपक जाग्री, सन्तोष भट्ट, कमल बुढा, सन्तोष जोशी र संगम रावल चयन भएका छन्ब । प्रदेश कमिटी गठनसँगै शनिवार नै सन्तोष मण्डल धानुकको अध्यक्षतामा १५ सदस्यीय कैलाली जिल्ला कमिटीसमेत गठन भएको छ ।