आइसिसी टि-२० विश्वकप : वेस्ट इन्डिजद्वारा पपुवा न्यूगिनी पाँच विकेटले पराजित

धनगढी टुडे समाचार डेस्क

काठमाडौँ, २१ जेठ । आइसिसी टि–२० विश्वकप प्रतियोगितामा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । गएराति भएको खेलमा आयोजक वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले पराजित गरेको हो ।

advertisement

पपुवा न्यूगिनीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले ४२ रनको योगदान दिए ।

त्यस्तै ब्रान्डन किंगले ३४ रन, निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५/१५ रन जोडे । पपुवा न्यूगिनीका लागि असद भालाले २ विकेट लिए भने अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १/१ विकेट लिए ।

advertisement

त्यसअघि गयानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै किप्लिन डोरिगाले २७ रन जोडे ।

असद भालाले २१ रन बनाए । चार्ल्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २/२ विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले समान १/१ विकेट लिए । विश्वकप क्रिकेटअन्तर्गत अहिले नामिबिया र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ ।