आइसिसी ट्वान्टी-२० विश्वकप : सुपर ओभरमा अमेरिकासँग पाकिस्तान पराजित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २५ जेठ । आइसिसी ट्वान्टी-२० विश्वकपमा पाकिस्तान अमेरिकासँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा अमेरिकासँग पाकिस्तान सुपर ओभरमा पाँच रनले पराजित भएको हो ।

advertisement

पाकिस्तानले दिएको १६० रनको लक्ष्य अमेरिकाले २० ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । अन्तिम ओभरमा अमेरिकालाई १४ रनको आवश्यकता थियो । हारिस रउफले पहिलो तीन बलमा तीन रन दिएका थिए । तर, चौथो बलमा उपकप्तान आरोन जोन्सले छक्का प्रहार गरे । पाँचौ बलमा रउफले एक रन दिए । अन्तिम बलमा नितीश कुमारले चौका प्रहार गरेपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा जोन्स र हरमीत सिंहले १८ रन बनाए । तर, पाकिस्तानले १३ रन मात्रै बनाउन सक्यो र खेल ५ रनले गुमायो ।

advertisement

त्यसअघि अमेरिकी टोलीका कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाएका थिए । एन्ड्रिज गौस ३५ र स्टिवन टेलर १२ रनमा आउट हुँदा आरोन जोन्स ३६ र नितीश कुमार १४ रनमा अविजित रहे । पाकिस्तानका मोहम्मर आमिर, नसिम शाहर हारिस रउफले समान १/१ विकेट लिए ।

त्यसअघि ग्रान्ड प्रेरी स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । शादाब खान ४०, इफ्तिखार अहमद १८ र फखर जमान ११ रनमा आउट हुँदा शाहिन शाह अफ्रिदी २२ र हारिस रउफ तीन रनमा अविजित रहे । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अमेरिकाका नास्थुश केनजिगे सर्वाधिक तीन विकेट लिए । सौरभ नेत्रवलकरले दुई विकेट लिँदा अली खान र जसदीप सिंहले समान १/१ विकेट लिए ।