बझाङ, २८ जेठ । बझाङमा कृत्रिम अभ्यास गर्दा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो ।
सोमबार बिहान सेती नदीमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दा उनी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।
बेहोस अवस्थामा नै उपचारका लागि जिल्ला अस्पताल बझाङ पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।