धनगढीमा रोजगारी माग्दै २६ सय ६९ जनाको निवेदन दर्ता, ८५ जना सिफारिस

धनगढी टुडे समाचार डेस्क

धनगढी, २९ जेठ । कैलालीको धनगढीमा आयोजना गरिएको रोजगार मेलामा मागभन्दा धेरै रोजगारीको लागि आवेदन दर्ता भएका छन् ।

advertisement

दुई दिनसम्म आयोजना गरिएको रोजगार मेला मंगलबार सम्पन्न भएको हो । मेलामा रोजगारदाताले माग गरेभन्दा बढी आवेदन परेका छन् । रोजगारदाताले दुई हजार चार सय ६ पदका लागि माग गरेकोमा दुई हजार ६ सय ६९ जनाले निवेदन दर्ता भएको आयोजकले जनाएको छ ।

मेलामा आवेदन दिएकाहरुमध्ये ८५ जनालाई रोजगारीका लागि सिफारिस गरिएको छ । धनगढीमा आयोजना गरिएको श्रमाधान रोजगार मलोमा ३८ वटा स्टल राखिएको थियो । ती मध्ये १० वटा सरकारी क्षेत्रबाट २८ वटा स्टलहरु रोजगारदाताका तर्फबाट राखिएको थियो । दुई दिनसम्म आयोजना गरिएको मेलामा १० हजार एक सय ५० जनाले अवलोकन गरेका थिए ।

advertisement

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्रालय, सुदुरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिकाको आयोजना र नेपाल तालिम तथा तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमको संयोजनमा‚ निजी क्षेत्रका संघसस्था‚ विकास साँझेदार र अन्य सरोकारवालाको सहकार्यमा रोजगार मेला आयोजना गरिएको थियो।

मेलामा श्रमाधान सम्बाद‚ सांस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो । संवादमा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका, अवस्था, चुनौति र सम्भावनाको विषयमा संवाद गरिएको थियो । त्यस्तै वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पूर्व सिकाई मान्यताको भूमिका‚ अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा‚ सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर भन्ने विषयमा पनि संवाद गरिको थियो ।

श्रम आप्रवासन अन्तर्गत कानूनी प्रकृया र मनोसामाजिक प्रभाव लगायतका विषयमा डाक्टर हेमराज पन्त‚ शिवहरी मुडभरी‚ रामवहादुर रावत‚ अनिलकुमार भोजानीया लगायत प्राज्ञिक तथा रोजगारदाताहरुले विचार विमर्श गरेका थिए ।