बेहडाबाबा मन्दिर परिसरमा मदिरा, प्लाष्टिक र सूर्तीजन्य पदार्थ बिक्रीवितरणमा निषेध

धनगढी टुडे समाचार डेस्क

धनगढी, ३० जेठ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिर परिसरमा मदिराजन्य, प्लाष्टिकजन्य, सूर्तीजन्य पदार्थहरु बिक्रीवितरण गर्न निषेध गरिएको छ ।

advertisement

धनगढी उपमहानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बेहडाबाबा मन्दिरमा असार १ देखि ५ गतेसम्म गंगादशहरा पर्वको अवसरमा धार्मिक मेला लाग्ने भएकाले मेला अवधिभर चार किल्ला भित्रको क्षेत्रमा मदिराजन्य पदार्थका साथै
पलाष्टिकजन्य झोला, फुलमाला, ध्वजा पटाका र सूर्तिजन्य पदार्थ आदि प्रयोग एवं बिक्री वितरण गर्न समेत निषेध गरिएको उक्त सूचनामा उल्लेख छ ।

सूचनाको कोहीकसैले बर्खिलाप गरेमा कानून बमोजिम कारबाही गरिने पनि उपमहानगरपालिकाले जनाएको छ ।

advertisement

हेर्नुहोस, सूचना