नेको इन्सुरेन्स र एलाइन्स इन्टरनेशनल मोडेल स्कुल बिच विद्यार्थी दुर्घटना बिमाको सम्झौता

धनगढी टुडे समाचार डेस्क

धनगढी, जेठ ३२ । नेको इन्सुरेन्स लि. र एलाइन्स इन्टरनेशनल मोडेल स्कुल प्रा. लि. बिचमा विद्यार्थी दुर्घटना बिमाको सम्झौता भएको छ । आज शुक्रवार एक कार्यक्रम गरी दुवै पक्षबिच सम्झौता भएको हो ।

advertisement

आज भएको सम्झौता पत्रमा विद्यालयका तर्फबाट अध्यक्ष गिरिराज ओझा, प्रबन्ध निर्देशक उत्तम सिंह भण्डारी, प्राचार्य मनोज पन्त र नेको इन्सुरेन्सका तर्फबाट शाखा प्रबन्धक नरेश ओझाले हस्ताक्षर गरेका हुन् ।

विद्यालयका अनुसार जम्मा ६ सय ५६ जना बिमित रहेका छन् । एक वर्षको सम्झौता रहेको छ । एक लाख बराबरको दुर्घटना उपचार खर्च उपलब्ध गराइने विद्यालयले जनाएको छ । विद्यालयले प्रदान गर्ने सुविधा अन्तर्गत यो पनि रहेकोले अभिभावकबाट शुल्क नलिइने पनि विद्यालयले जनाएको छ ।

advertisement