धनगढी, असार १२ । कैलालीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१८, फूलबारी एफ गाउँ बस्ने २५ वर्षीय लाल सिंह चौधरीको मृत्यु भएको हो ।
आज (बुधबार) बिहान बर्षासंगै परेको चट्याङ लागेर चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिह बोहोराले बताए । अहिले चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।