धनगढी, २७ असार । कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–३ चुटकी बजारको भित्रि सडक खण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका–८ का २२ वर्षीय भरत राना बुधवार पक्राउ परेका हुन् । उनीहरुलाई ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।