टाउन हस्पिटल प्रा.लि.ले बाढी प्रभावित क्षेत्रका स्थानीयको नि:शुल्क स्वास्थ्य उपचार गर्ने

धनगढी टुडे समाचार डेस्क

पुनर्वास, २७ असार । कंचनपुरमा बाढीले प्रभावित स्थानीयहरुको नि:शुल्क उपचार हुने भएको छ । जिल्लाको पुनर्वास नगरपालिका-६, मा रहेको टाउन हस्पिटल प्रा.लि.ले बाढी प्रभावित क्षेत्रका स्थानीयहरुको नि:शुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको हो ।

advertisement

हस्पिटलका प्रबन्धक पवन पन्तले पुनर्वासको बाढी प्राभावित क्षेत्र सिमरी,रातोताल र दशरथबस्तीका विस्थापित परिवारको नि:शुल्क स्वास्थ्य उपचार गर्ने जानकारी दिए ।

यस अघि २०७९ मा पनि बाढी प्रभावित क्षेत्रका स्थानीयहरुको नि:शुल्क स्वास्थ्य उपचार गरेको पन्तले बताए ।

advertisement