धनगढी, ३ भदौ । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटा स्थित पुर्व पश्चिम राजमार्गमा पैदल यात्री नाम थर खुल्न नआएको अन्दाजी ५० वर्षीय पुरुषलाई गएराति १०ः४५ बजेतिर ठक्कर दिँदा गम्भिर घाईते भएका थिए ।
घाईते पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–५ बस्ने २० वर्षीय रमेश जैगडी, से ७ प ७६०१ नम्बरको मोटरसाईकल चालक गौरीगंगा नगरपालिका–९ बस्ने १९ वर्षीय सागर बि.क., मोटरसाईकलमा पछाडी सवार सोही ठाँउकी १४ वर्षीया आँचल बि.क र १४ वर्षीया माया घोडशाहीसहित चारै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।