धनगढी, ११ भदौ । कैलारी गाउँपालिका-६ भगतपुर स्थित घुरा नदिमा मृत भेटिएका बालकको पहिचान खुलेको छ । आज दिउँसो करिब ३ बजेर २० मिनेटको समयमा घुरा नदिमा मृत अवस्थामा भेटिएका बालक धनगढी-१८, ई गाउँका ११ बर्षीय सुजन ओझा भएको खुलेको हो ।
मृतक, धनगढी उपमहानगरपालिका-१८ निवासी श्री धर्मानन्द ओझा (ओझा माईला)काे कान्छाे छाेरा रहेका छन् । उनी श्री ईन्द्राेदय आधारभूत विद्यालय ई गाउँमा कक्षा पाँचमा अध्ययनरत थिए । स्थानीयवासी, प्रहरी सबैकाे प्रयासमा खाेजतलास गरि दिउँसो करिब ३:३३ बजेतिर शव बाहिर निकालिएको थियाे । शव अहिले पाेस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकाे छ ।
प्रहरीद्वारा घटनाको थप अनुसन्धान भैरहेको छ ।