धनगढी, १९ भदौ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।
आज (बुधबार)देखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपैयाँ र काठमाडौं–धनगढीसम्म २ सय २० रुपैयाँ सम्म घटेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा एक सय ७० रुपैयाँ, भद्रपुरमा एक सय ५० रुपियाँ, विराटनगरमा एक सय २०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपियाँ र भैरहवामा १०५ रुपैयाँले घटेको छ ।
यो हेर्नुस्