धनगढी, २९ भदौ । कैलालीले धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । हिजो (शुक्रबार) राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी–१९, लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए ।