काठमाडौं, ७ असोज । विश्वकप लिग-२ मा क्यानडाले नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ । १८२ रनको लक्ष्य पछ्यार्को क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
क्यानडाको जितमा नवनीत धालिवालले सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ६४ रन बनाए ।
दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १/१ विकेट लिए ।
त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।
सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए भने गुलशन झाले ३४ रन बनाए । एक समय २७.१ ओभरमा ८७/७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।
करण केसीले २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४/४ रनमा आउट भए । आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए ।
क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १/१ विकेट लिए ।
नेपाल पहिलो खेलमा क्यानडासँग १०३ र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपालले अव अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ ।
नेपाल ७ खेलमा १ मा जितसहित २ अंकका साथ सातौं स्थानमाछ । क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।