रविलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती

धनगढी टुडे समाचार डेस्क

पोखरा, ४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

advertisement

उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो । गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका उनीलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

advertisement