धनगढीमा चितुवाको छाला सहित एकजना पक्राउ

धनगढी टुडे समाचार डेस्क

धनगढी, २९ माघ । कैलालीको धनगढीमा चितुवाको छाला सहित एकजना पक्राउ परेका छन् । हिजो (सोमबार) धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको मिलनसार होटेलको कोठाबाट डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका २६ वर्षीय नरेश साउँद पक्राउ परेका हुन ।

advertisement

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले साउँदको साथबाट एक थान चितुवाको छाला नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement