डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, १२, भदौ । डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडक खण्डमा आज (बिहीबार) बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।

विष्टका अनुसार जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको हो ।

मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins