धनगढी, २७ असोज । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन् ।
कुल खसेका १९४० मतमध्ये ९५० पाएर ओझा बिजयी भएका हुन् । ६१ मतको अन्तरले निकटतम प्रतिद्धन्द्धी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । शुरुदेखि नै झिनो मतले पछि परेका स्वाँरले ८८९ मत पाए । ओझा र स्वाँरबीचको प्रतिस्पर्धा अत्यन्त रोचक रह्यो ।
ओझा र स्वाँर दुबै जनाको प्यानल चुनावी मैदानमा होमिएको थियो । निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका ओझाको नेतृत्वमा चुनावी मैदानमा होमिएको प्यानलका अधिकांश उम्मेदवार बिजयी भएका छन् ।
केहीबेरमा औपचारिक रुपमा निर्वाचन समितिले निर्वाचनको परिणाम घोषणा गर्दैछ ।
pashchim Today
प्रतिक्रिया
FaceBook Comment Plugins