धनगढी, २१ फागुन । कैलाली कारागारमा रहेका २६ कैदीबन्दीले मतदान गरेका छन् । मतदान अधिकृत शिवराज जोशीले बताए अनुसार कारागारमा रहेका ३० कैदीबन्दीमध्ये २६ जनाले समानुपातिक मत खसालेका हुन्।
कारागारमा आश्रितमध्ये ३० कैदीबन्दीको मतदाता नामावलीमा नाम समावेश थियो। उनीहरूमध्ये तीनजना यो बीचमै छुटिसकेका र एकजना कञ्चनपुर सरुवा भएकाले चार मत नखसेको जोशीले बताए।
कैलाली कारागारमा कुल ५१२ कैदीबन्दी आश्रित छन्। कैदीबन्दीलाई मतदान गर्न कारागारमै अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो।
Nepal news

प्रतिक्रिया
FaceBook Comment Plugins