धनगढी, २५ फागुन । भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै उपाधि जितेको छ। उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शनका कारण भारतले ठूलो अन्तरको जित हासिल गरेको हो।
फाइनल खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल बनाएको थियो। भारतीय ब्याट्सम्यानहरूले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै न्युजिल्यान्डका बलरहरूलाई दबाबमा राखेका थिए।
२५६ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको न्युजिल्यान्डको टोली भने भारतीय बलिङ आक्रमणसामु टिक्न सकेन। न्युजिल्यान्ड १९ ओभरमै १५९ रनमा अलआउट भएपछि भारत ९६ रनले विजयी भयो।
जितसँगै भारतीय खेलाडीहरूले मैदानमै ट्रफीसहित खुसी मनाएका थिए भने समर्थकहरूले पनि विभिन्न स्थानमा विजय उत्सव मनाएका थिए।

प्रतिक्रिया
FaceBook Comment Plugins