कैलालीमा ट्रकको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ५ चैत । कैलालीको कैलारी गाउँपालिका–५, बजैपुरमा भएको सवारी दुर्घटनामा एक दम्पतीको ज्यान गएको छ।

ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा सेतानु चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने कलसु चौधरीको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोरुगाडामा बाँधिएको एक गोरुको घटनास्थलमै मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको छ।

घटनापछि ट्रकसहित चालक धनगढी उपमहानगरपालिका–३, बोराडाँडीका ३३ वर्षीय रुबिन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Dhangadhikhabar

प्रतिक्रिया

FaceBook Comment Plugins