फूलबारी एकेडेमीमार्फत विद्यार्थी दुर्घटना बीमाअन्तर्गतको दाबी रकम हस्तान्तरण

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ३१ जेठ । फूलबारी एकेडेमीले विद्यार्थी दुर्घटना बीमा योजनाअन्तर्गत प्राप्त दाबी रकम सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई हस्तान्तरण गरेको छ ।

कक्षा ४ मा अध्ययनरत विद्यार्थी समिर रोका मगर यही जेठ ८ गते घरको लिचीको बोटबाट लडेर घाइते भएका थिए । उक्त दुर्घटनापछि बीमा दाबी प्रक्रिया अघि बढाइएको थियो र आवश्यक प्रक्रिया पूरा भएपछि बीमा रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

बीमाबापत प्राप्त ६५ हजार २०० रुपैयाँ बराबरको चेक समिर रोका मगरका अभिभावकलाई विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद चापागाईंले एक औपचारिक कार्यक्रममा हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक चापागाईंले “विद्यार्थीको सुरक्षा र भविष्यलाई ध्यानमा राख्दै विद्यालयले बीमा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले आकस्मिक दुर्घटनामा परेका विद्यार्थी तथा अभिभावकलाई महत्वपूर्ण आर्थिक राहत प्रदान गर्ने” बिचार व्यक्त गरे ।

कार्यक्रममा नेको इन्सुरेन्स कम्पनी धनगढी शाखाका बीमा दाबी बिभाग प्रमुख कृष्ण प्रसाद भट्ट र मार्केटिङ अफिसर ओम प्रकाश पाण्डेयको समेत उपस्थिति रहेको थियो । मार्केटिङ अफिसर पाण्डेयले बीमा दाबी प्रक्रिया छिटो, सहज र पारदर्शी रूपमा सम्पन्न गर्न कम्पनी सदैव प्रतिबद्ध रहेको बताए ।

समिर रोका मगरका अभिभावकले समयमै बीमा दाबी रकम उपलब्ध गराएकोमा विद्यालय तथा बीमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले कठिन परिस्थितिमा ठूलो राहत पुगेको प्रतिक्रिया दिएका छन् ।

विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीको सुरक्षा, स्वास्थ्य तथा समग्र कल्याणसँग सम्बन्धित कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *