सेती प्रादेशिक अस्पतालमा दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु

धनगढी टुडे समाचार डेस्क

सेती प्रादेशिक अस्पताल, धनगढीमा दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु गरिएको छ।

advertisement

प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु भएको हो। अस्पतालमा ल्याफ्स्कोप जडान भएपछि दुरबिन विधिबाट शल्यक्रियाको काम थालिएको युरोलोजिष्ट डा. जोनस तिवारीले बताए। बिहिवार अछामकी सेतु साउँदको सफलतापूर्वक मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको छ।

advertisement

‘हाम्रो लामो समयको प्रयासपछि न्यूरो सर्जरी सम्बन्धि उपकरण अस्पतालमा जडान गरिएको छ। अब दुरबिन विधिबाट शल्यक्रिया गर्न मिल्ने भएको छ, यसबाट अब बिरामीले राहत पाउने भएका छन’ डा. तिवारीले बताए ।

सेती प्रादेशिक अस्पतालमा बिहिवार मात्र तीन जनाको दुरबिन विधिबाट शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

प्रादेशिक अस्पतालमा युरोसर्जन डाक्टर जोनस तिवारीको नेतृत्वमा एनेस्थेसियाका डा. पूर्ण राधा श्रेष्ठसहितको टिमले शल्यक्रिया गर्नेछ। पत्थरीको शल्यक्रिया गर्न बढीमा २५ हजार रुपैयाँ खर्च हुनेछ।