केन्यामा बस दुर्घटना हुँदा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

धनगढी टुडे समाचार डेस्क

advertisement

केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

advertisement

केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वी अफ्रिकी राष्ट्र केन्यामा खराब सडक संरचना, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुने सडक दुर्घटनाका कारण वर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।