धनगढी, १ असार । कैलालीको सेती प्रादेशीक अस्पतालको काउन्टरमा एकजना मृत अवस्थामा फेला परेका छन् । शुक्रबार अस्पतालको टिकट काउन्टर अगाडी रहेको बेन्चमा सुतेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
अन्दाजी ४४ वर्षीय ती पुरुषको नाम/थर नखुलेको र यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।