जाडो मौसममा हात खुट्टाका औँलाहरु सुनिने कारण र बच्ने उपाय

धनगढी टुडे समाचार डेस्क

जाडो मौसममा हात खुट्टाको औलाहरु बढी सुनिने गर्छन् । सामान्यतया यसलाई एलर्जी भन्ने गरिएपनि यो एलर्जी भने होइन,
यस्तो समस्यालाई Chilblains (CHILL-blayns) भनिन्छ!

advertisement

हाम्रो शरीरको सबैभन्दा बढी बाहिर एक्सपोज हुने भागहरु भनेको हात, खुट्टाका औलाहरु नै हुन् । जाडो मौसममा बाहिर चिसो बढेको छ । तर, औलालाई प्रोटेक्सन छैन भने हिट लस हुने सम्भावना बढी हुन्छ । औंलामा हुने रगतका नलीहरु मसिना हुने गर्छन् । जसलाई आर्टरिज (Arteries) भनिन्छ । चिसोमा ती मसिना नसाहरू Arteries खुम्चिने समस्याहरु बढी हुन्छ । तापमान घटबढ हुँदा नसाहरू खुम्चिने र ठूलो हुने गर्छ । जाडो मौसममा औला चिसो हुन्छ। औंलामा तातोपन बचाइ राख्नका लागि नसाहरू खुम्चिने गर्छन् । यसरी जाडो मौसममा औलाहरु खुम्चियो भने रक्तसंचार राम्रोसँग भइरहेको हुँदैन् । साथै, अक्सिजन पनि कम हुने गर्छ र औलाहरुमा समस्या आउन थाल्छन् ।

यो समस्या प्राय गरेर महिलामा देखिने र डाइटिंग गर्ने, पानी कम पिउने, झोलपदार्थ कम खाने, चुरोट खाने, थाईराईडको समस्या भएका व्यक्तिहरुमा अझ धेरै देखिने गर्दछ!
जाडोमा देखिने यो समस्यालाई सामान्य रुपमा लिनु हुँदैन! यो समस्या एक वर्षभन्दा धेरै अथवा हरेक वर्ष देखियो भने बाथ रोग र थाईराईडसँग सम्बन्धित समस्या हुन सक्दछ!
लक्षण
– जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ,
– चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ,
– हातखुट्टा झमझम गर्छ,
– पानीको फोका आउन थाल्छ,
– त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगरे घाउ बढेर अल्सरसमेत हुन सक्छ।
बच्ने उपाय :
हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि धेरै पानी पिउने, झोलिलो पदार्थ धेरै खाने, न्यानो कोठामा बस्ने, पन्जा मोजा लगाउने र हात खुट्टा बेलाबेलामा चलाइराख्ने गर्नुपर्छ । हात खुट्टा बेलाबेलामा चलाइराख्दा रक्तसंचार नियमित हुने हुनाले सहज हुन्छ ।

advertisement


औँला सुन्निएपछि तातोमा सेकाउन चाँहि हुदैन ! तातोमा सेकाउँदा त्यसले गर्दा झन् धेरै सुन्निने र फुट्ने हुन्छ । सुन्निसकेपछि मन तातो पानीमा नुन हालेर हात खुट्टा डुबाउँदा राम्रो हुन्छ!
‘मोईस्ट हिट’ राम्रो हुन्छ तर ‘ड्राई हिटरले झन् समस्या बढाउन सक्छ!
मनतातो पानीमा हात खुट्टा डुबाउन हुन्छ तर आगोमा र हिटरमा सेकाउनु राम्रो होइन । मनतातो पानीमा हात खुट्टा डुबाएपछि तुरुन्तै ‘मोइस्चराइजर’ लगाइहाल्नुपर्छ । घाउ नै भइसकेको छ भने नजिकैको स्वास्थ्य संस्था वा चिकित्सकसँग गएर जाँच गराउनु पर्दछ !

लेखक
इश्वर प्रसाद चापागाईं (नवीन)
स्वास्थ्य समाचार प्रमुख
धनगढी टुडे

One thought on “जाडो मौसममा हात खुट्टाका औँलाहरु सुनिने कारण र बच्ने उपाय

Comments are closed.