हजारौं संख्यामा रहेका स्वास्थ्यकर्मीहरु अलपत्र, पेशाबाट हात धुनुपर्ने अवस्था, भविष्य अन्योल 

धनगढी टुडे समाचार डेस्क
इश्वर प्रसाद चापागाइँ

काठमाडौं- नेपाल सरकारले आधारभुत स्वास्थ सेवा केन्द्र, स्वास्थ चौकी र स्थानीय तहका १५ सैयाको आधारभुत अस्पतालको स्वास्थ कर्मिको दरबन्दी तेरिज ल्याउने तयारी गरेको छ । स्वास्थमा कृयासिल विभिन्न संघ /संगठन तथा सरोकार राख्ने समूहहरुसङ्ग छलफल नगरी ल्याउन लागेको तेरिजमा स्वास्थ कर्मीहरुको व्यापक असन्तुष्टि रहेको छ । यसरी ल्याउन लागेको दरबन्दी तेरिजमा स्थानीय तहको १५ सैयाको अस्पतालमा अहेवको दरबन्दी हटाउदा ठुलो संख्यामा स्वास्थकर्मी सरकारी सेवामा प्रबेसबाट बन्चित हुनेछन भने बर्शौ देखि जिल्ला अस्पताल देखि केन्द्रीय अस्पतालसम्म काम गर्ने अहेब/सिअहेबहरुमा निकै ठुलो बज्रपात परेको छ । यसका साथै आधारभुत स्वास्थ सेवा केन्द्र तथा स्वास्थ चौकीको दरबन्दी तेरिजमा पनि व्यापक असन्तुष्टि रहेको छ ।

advertisement

राज्यले सन्चालन गरेको ब्यावसायिक शिक्षा हासिल गरेका ४० देखि ५० हजार सिएमए जनशक्तिलाई एकातर्फ सरकारी सेवामा प्रबेसबाट बन्चित बनाउन खोजिएको छ भने अर्को तर्फ निजि क्लिनिक राखेर स्वोरोजगार बन्ने आधारलाई पनि समय समयमा ऐन नियम परिमार्जनको बाहानामा अफ्ट्यारो पारिरहेको छ।

स्वास्थ संस्थाको दरबन्दी तेरिज ल्याउनु भन्दा अगाडि एक पटक स्वास्थमा कृयासिल संघ /संगठन तथा सरोकारवाला स्वास्थका समूहहरुसङ्ग बिस्तृत छलफल गरि यो तेरिज सम्सोधन गरि सबै स्वास्थ कर्मीहरुको मनोबल उच्च रहने साथै उत्पादित जनशक्ति सरकारी सेवामा प्रवेश गर्ने अवसर कायम राख्ने स्थित सिर्जना भएन भने बाध्यताबस पिडित स्वास्थ कर्मिहरु तथा सम्बन्धित पेसागत संघ /संगठनहरु पेसागत हकहितका लागि संघर्षमा उत्रिनुको बिकल्प छैन।

काशिराम अर्याल(राजु)

केन्द्रिय उपाध्यक्ष – नेपाल सि एम ए संघ
– नेपाल सहायक स्वास्थ  कर्मी समाज

advertisement