सर्वोत्कृष्ट भोजपुरी सिने अवार्ड अभिनेत्री सुष्मा अधिकारीलाई

धनगढी टुडे समाचार डेस्क

नेपालमा पहिलो पटक भोजपुरी सिने अवार्ड सम्पन्न भएको छ । लायन्स क्लबले स्वर्ण जयन्तीको अवसरमा नमस्ते नेपाल इन्टरटेन्मेन्टसँगको सहकार्यमा भोजपुरी सिने अवार्डको आयोजना गरेको हो ।

advertisement

वीरगञ्जको नगर सभा गृहमा सम्पन्न समारोहबाट सर्वोत्कृष्ट भोजपुरी नायक (बेस्ट भोजपुरी एक्टर) को अवार्ड प्रदेशी साहले पाएका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नायक साहलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

यस्तै सर्वोत्कृष्ट नायिकाको अवार्ड सुषमा अधिकारीले पाइन् भने सर्वोत्कृष्ट नवोदित नायकको अवार्ड जितेन्द्र पटेल र सर्वोत्कृष्ट नवोदित नायिकाको अवार्ड एलिना बास्कोटाले पाइन् । सर्वोत्कृष्ट खलनायकको अवार्ड घनश्याम गिरी, सर्वोत्कृष्ट निर्देशकको अवार्ड रमन बस्नेत, सर्वोत्कृष्ट गायकको अवार्ड सुनिल पण्डित, सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रसना पाण्डे, सर्वोत्कृष्ट निर्माताको अवार्ड सुरेन्द्रलाल प्रधान, सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड राम रिमाललाई प्रदान गरिएको छ ।

advertisement

सर्वोत्कृष्ट सर्जकको अवार्ड सुरेश सावरिया, सर्वोत्कृष्ट मेलोडी गीतकारको अवार्ड मनोज अकेला, सर्वोत्कृष्ट मेलोडी गायकमा मुकेश पाण्डे, सर्वोत्कृष्ट निर्माता सुरेन्द्रलाल प्रधान, सर्वोत्कृष्ट प्रोडक्सन हाउस शिवम आर फिल्मस्ले अवार्ड पाएका छन् ।

समारोहमा भोजपुरी सिनेमा क्षेत्रका विभिन्न २५ विधामा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँगै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नेपाली सिनेस्टार भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह, निर्माता तथा निर्देशक छविराज ओझा, निर्देशक उज्ज्वल घिमिरे लगायतले भोजपुरी सिने क्षेत्रका कलाकारहरूलाई अवार्ड प्रदान गरेका हुन् ।