उपमहानगरपालिकाले मनायो आत्महत्या रोकथाम दिवस

सुमन श्रेष्ठ

धनराज विक
समाजमा जटिल समस्या बन्दै गएको आत्महत्याको समस्यालाई रोकथाम गर्न धनगढी उपमहानगरपालिकाले विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ । “आसा जगाऔ, जीवन बचाऔं” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका र स्वास्थ्य शाखाको आयोजनामा धनगढीको फुलबारी स्वास्थ्य चौकीमा आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाएको हो ।

advertisement

स्वास्थ्य चौकी इन्चार्ज जयकला रावतले औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरी आत्महत्या रोकथाम दिवसको बारेमा बताउनु भएको थियो । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक भुपेन्द्र महराले विश्वमा आजकै दिन मनाई रहेको विश्व आत्महत्या रोकथाम दिवस धनगढी उपमहानगरपालिकाले पनि मनाएको बताएका थिए ।

कार्यक्रमको औचित्य माथि प्रकाश पारेका महराले समाजमा अहिले आत्महत्याको समस्या बढ्दै गएको बताए । आत्महत्याको रोकथाम गर्न हाम्रो भूमिका महत्पूर्ण हुने भएकोले समाजमा आत्महत्याले पारेको असर बारे छलफल गर्न फुलबारीमा दिवस मनाएको महराले बताए ।

advertisement

नसर्ने तथा मानसिक रोग, खोप कार्यक्रम, पोषण कार्यक्रम र दुर्त प्रतिकार्य सम्बन्धी जिम्मेवारी बहन गरी काम गर्दै आएका महराले आत्महत्या रोकथाम गर्न हामी सबैकोे भूमिका आवश्यक पर्ने बताए । समुदायमा काम गर्दै आउनु भएका स्वयम् सेविकाहरुको आत्महत्या रोकथाममा प्रभावकारी भूमिका हुने विश्वास आफूले गरेको उनले बताएका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै डाक्टर मिलन खड्काले आत्महत्या के हो ? आत्महत्याका कारण रोकथामका उपाय र सातै प्रदेशको हात्महत्याको तथ्यांक बारे बताएका थिए । २०७९ र २०८० मा देशैभरी ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेकाछन् । कार्यक्रमको सहजीकरण गर्दै ईलाका प्रहरी कार्यालय फुलबारीमा कार्यरत प्रहरी निरीक्षक वीर बहादुर बोहराले कैलालीमा आत्महत्याको अवस्था र तथ्यांक बारे जानकारी गराएको थिए ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी. नेपालमा कार्यरत कैलाली जिल्ला मनोसामाजिक परामर्शकता धनराज विकले समाजमा आत्महत्याको चुनौती र रोकथामका उपाएका बारेमा बताएकका थिए । धनगढी उपमहानगरपालिकामा काम गर्दाको अनुभव र आत्महत्याका समस्या भएका व्यक्तिहरुको भोगाई र समस्यामा मनोपरामर्शले खेलेको भूमिकाको बारेमा जानकारी गराएका थिए ।

आत्महत्याको जोखिममा रहेकालाई के कुराले बाध्य पार्यो भनेर प्रशन गर्ने, उनीहरुका कुरा ध्यान दिएर सुन्ने र गोपनीयता कायम राख्ने,आनीबानी अवलोकन गर्ने, एक्लै नछाड्ने, जोखिमका साधनहरु टाढा राख्ने, आत्मगलानी र हिनताबोध हुने कुरा नगर्ने, आत्महत्याको सोच भएका र जोखिममा रहेकाहरुलाई नजिकैको स्वास्थ्य सेवा, मनोसामाजिक परामर्शकर्ता र मानसिक रोग विशेषज्ञ कहाँ पठाएर सहयोग गर्न सकिने भन्दै हेल्पलाईन नम्बरहर ११६६ को बारेमा जानकारी गराएका थिए । आत्महत्यालाई रोकथाम गर्न स्थानीय सरकारले समुदायमा सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा बिकले जोड दिएका थिए ।

कार्यक्रमका सभाअध्यक्ष एवम् धनगढी उपमहानगपालिका वडा नम्बर १९ का वडा अध्यक्ष बादुराम चौधरीले आत्महत्या रोकथाम गर्न सबै एक भएर लाग्नुपर्ने बताए । मरै वडामा एकजनाले आत्महत्या गर्दैछु भनेर मलाई फोन गरेका थिए । म तत्काल उनको घरमा पुगे र उनको दुख सुने । वडाबाट गर्नुपर्ने सहयोग गर्ने बताएपछि अहिले उनी बाँचेकाछन् । उनलाई मनोपरामर्श सेवा आवश्यक रहेको वडा अधयक्ष चौधरीले बताएका थिए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य रामचरण चौधरीले वडा सरकारले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी स्वयम् सेविकाहरुले समाजमा मनका कुरा गरेर आत्महत्याको अवस्थाको बारेमा थाहा पाउन सकिने र सहयोगको लागि सम्बन्धित निकायमा पठाउन सकिने सिकाई भएको बताएका थिए भने कार्यक्रममा सहभागी विद्यार्थीले आत्महत्याको बारेमा थाहा पाएको बताएका थिए ।